नुवाकोटकोमा विद्युतीय माइक्रो र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते



नुवाकोट, असार २१ । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा विद्युतीय (ईभी) माइक्रो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान बागमती प्रदेश ०६–००१ ज ०१३८ नम्बरको ईभी भ्यानले बा ९३ प १८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक विदुरका वर्ष २० का सोहन श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

घाइतेको उद्धार गरी त्रिशुली अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्