नुवाकोटको छहरे बजारमा रवि लामिछानेको पक्षमा हस्ताक्षर संकलन



नुवाकोट, असार २२ । नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर संकलन अभियान शनिबार सम्पन्न भएको छ।

रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछानेप्रति ‘राजनीतिक प्रतिशोध’को आरोप लगाउँदै रास्वपाले देश तथा विदेशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ।

यसैक्रममा छहरे बजारमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढीले हस्ताक्षर गरेर समर्थन जनाएका हुन्। गत असार ७ गते काठमाडौंबाट सुरु गरिएको यो अभियान हाल वडास्तरसम्म विस्तार गरिएको छ।

छहरे बजार वरपरका एमाले, कांग्रेस र माओवादी समर्थक युवा समेत अभियानमा सहभागी भएको कार्यक्रम संयोजक रास्वपाका स्थानीय युवा रामकृष्ण जिसिले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्