काली गण्डकी नदी किनारमा स्नान गर्नेको घुइँचो



पर्वत,असार २२ । आज हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन । पर्वतको पवित्र धार्मिक तीर्थस्थल काली गण्डकी नदी किनारको मोदीवेनी धाममा स्नान गर्नेहरूको घुइँचो लागेको छ ।

आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदै छ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र काली गण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको हो । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेनी सहित सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँ पुल, खनिया घाट लगायत काली गण्डकी नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको हो । मोदी नदी र पवित्र मानिने काली गण्डकी नदीको सङ्गमका रूपमा रहेको मोदीवेणीधाममा भजन कीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ ।

मोदीवेनीमा स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँका सङ्ख्यामा श्रद्धालु आउने गर्छन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन् ।

प्रतिक्रिया दिनुहोस्