राष्ट्रिय सडक संजालसँग जोडियो हुम्लाको सिमिकोट

सिमिकोट,असार २२ । राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै जिल्लासदरमुकाम हुम्लाको सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले आज एक औपचारिका कार्यक्रममाबीच सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न कर्णाली कोरिडाेर-चुवाखोला बेली ब्रिजको उद्घाटन गरे ।
पुल उद्घाटनका लागि हुम्लाको खार्पुनाथको खार्पुदोभानमा पुग्नु भएका प्रधानमन्त्री ओलीले हुम्ला जिल्ला सदरमुका राष्ट्रिय सडक संजालसँग जोडिएकोमा खुसी ब्यक्त गरे ।
उनले उच्च हिमाली जिल्ला हुम्लामा पर्यटन, व्यापार र व्यवसायको ठूलो सम्भावना रहेको बताए । हुम्लाको विकास र आर्थिक अवस्था सुधार गर्नका लागि छिमेकी मुलुक चीन सँगको व्यापार व्यवसाय बढाउन हिल्सा नाकामा क्वारेन्टाइन स्थापना गरिने प्रतिवद्धता समेत प्रधानमन्त्री ओलीले गरे ।
हुम्ला सदरमुका राष्ट्रिय सडक संजालमा जोडिएसँगै मलुकका सवै जिल्ला सदरमुकामहरुमा राष्ट्रिय सडक संजालसँग जोडिएका छन् ।