नाबालिकामाथि बलात्कार आरोपमा शिक्षक पक्राउ



रोल्पा, चैत २१— रोल्पामा एक शिक्षक नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङ मा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटना चैत १७ गतेको हो। शिक्षक खड्काले बालिकालाई विभिन्न प्रलोभनमा पारेर एकान्तमा बोलाई दुरुपयोग गरेको आरोप लगाइएको छ।

पक्राउ परेका खड्कालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि अभिभावक तथा स्थानीय सरोकारवाला निकायहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्