इरान युद्धबीच अमेरिकी सेना प्रमुखको राजीनामा, ट्रम्प प्रशासनको दबाब आरोप



काठमाडौँ/एजेन्सी,चैत २१— इरानसँग युद्ध जारी रहेका बेला अमेरिकी स्थल सेनाका प्रमुख जर्ज र्‍यान्डी ले पदबाट राजीनामा दिएका छन्।अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार यो राजीनामा स्वेच्छिक नभई डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट आएको दबाबपछि भएको बताइएको छ।

जनरल र्‍यान्डीसँगै अन्य दुई वरिष्ठ सैनिक अधिकारीले पनि राजीनामा दिएका छन्। राष्ट्रपति ट्रम्पले इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै रक्षामन्त्री पिट हेग्सेथ को दबाबमा तीनै जनरलले पद छोडेको जनाइएको छ।

पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेल ले सामाजिक सञ्जालमार्फत राजीनामाको पुष्टि गर्नुभएको छ। इरान युद्धको संवेदनशील अवस्थाबीच सेना प्रमुखको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सन् २०२३ सेप्टेम्बरदेखि उक्त पद सम्हाल्दै आएका र्‍यान्डीको स्थानमा सहायक जनरल क्रिस लानेभ कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्