मन्त्रिपरिषद् बैठक आज १२:३० बजे बस्दै
काठमाडौँ,चैत २४— प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज मध्यान्ह १२ः३० बजे बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुनेछ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

