पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय



काठमाडौँ,चैत २४ — सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

निर्णयबारे जानकारी दिँदै प्रतिभा रावलले बढ्दो इन्धन संकटलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको बताउनुभयो।

सरकारले पेट्रोलियम पदार्थको खपत नियन्त्रणका लागि विभिन्न उपायहरू अघि बढाइसकेको उल्लेख गर्दै उहाँले आवश्यक परे जोर–बिजोर प्रणालीसमेत लागू गर्न सकिने संकेत गर्नुभयो।

सरकारको यो निर्णयले बजारमा इन्धन आपूर्ति सहज बनाउने र उपभोक्तामा पर्ने आर्थिक भार केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्