पञ्चकन्यामा पाँचौँ जिल्लास्तरीय वडा कप भलिबल प्रतियोगिता सम्पन्न



नुवाकोट,असोज २९। पञ्चकन्या गाउँपालिका–२ को आयोजनामा सञ्चालित पाँचौँ नुवाकोट जिल्लास्तरीय वडा कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

असोज २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रम बिहीबार वडा नं. २ का अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला केसी र प्रमुख प्रशासकीय अधिकृत हिराधन राईको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।

पञ्चकन्या गाउँपालिका–२ को आयोजनामा भएको प्रतियोगिताले जिल्लास्तरमा भलिबल खेलको विकास तथा खेलाडीबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्