विश्व

हमासले बन्धक बनाइएका २१ जना मात्रै जीवित छन्ः अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं,वैशाख २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताएका छन्  । “आजको मितिसम्म २१ जना छन्,

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

वासिङ्टन,वैशाख २३ । सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् । यो अमेरिकाको आप्रवासन नीतिलाई पुनः आकार दिने

गाजा ‘कब्जा’ गर्ने योजना इजरायली मन्त्रिपरिषदबाट अनुमोदन, मानवीय सङ्कट थप चर्किने चिन्ता

काठमाडौं,वैशाख २३ । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना अन्तर्गत गाजा क्षेत्रमा नियन्त्रण कायम गर्ने तयारी गरिएको छ

चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

बेइजिङ,वैशाख २२ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ

गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिर: संयुक्त राष्ट्रसङ्घीय संस्था

गाजा,वैशाख २२ । संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ ।  एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

नयाँदिल्ली,वैशाख २० । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा

७.५ म्याग्निच्यूडको भूकम्पपछि चिलीमा सुनामीको चेतावनी

सान्टियागो,वैशाख १९ । दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान

क्यानडाको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी

काठमाडौं,वैशाख १७ । क्यानडामा सम्पन्न संघीय संसदको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी भएको छ । ३४३ सदस्यीय ससदमा लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन त्यो भने अझै अनिश्चित

भारतबाट हुने खतराप्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

इस्लामावाद,वैशाख ११ । भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक