इराकबाट तीस नेपाली स्वदेश फर्कने तयारी



काठमाडौं । इरान–अमेरिकाबीच बढ्दो हिंसात्मक युद्धको सम्भावना सगै इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् ।
इराकको बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आक्रमण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ ।
आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्