कोरोना भाइरस नेपालमा पनि भेटियो



काठमाडौ।कोरोना भाइरस नेपालमा पनि भेटिएको छ।उक्त भाइरस संक्रमण भएको बिरामी नेपालमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।आज अर्थात शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो।

अध्ययनका सिलसिलामा चीनको युवान क्षेत्रमा लामो समय रहेका एक ब्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।अहिले संक्रमित ब्यक्तिको रोग पत्ता लगाउन हङकङस्थित डब्लुएचओ कोल्याबोरेटिङ सेन्टरमा नमुना  पठाइएकोमा पोजिटिभ रिपोर्ट आएको बताइएको छ ।

नेपालमा यसप्रकारको विभिन्न माध्यमद्वारा रोगको प्रवेश भएको हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले रोगबारे चनाखो हुन सबैलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिको उपचार भई लक्षणविहिन भइसकेकोले चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको बताइएको छ ।
साथै रोगको भयावह स्थिति आउन नदिन हेल्थ डेस्क जस्ता स्वास्थ्य गतिविधि बढाउने सनेत कार्यक्रम अगाडी बढाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्