सरकारले सोनाम ल्होछारलाई उपेक्षा गर्यो,हाम्रो चित्त दुख्यो 



काठमाडौं।तामाङ जातिको मात्र नभई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जातिको चाडका रुपमा रहेको सोनाम ल्होछार पर्वलाई सरकारले बेवास्ता गरेको भन्दै तामाङ समुदायले चित्त दुखाएका छन। टुडिखेलमा आयोजित सोनाम ल्होछार बिशेष कार्यक्रममा बोल्ने धेरै जसो बक्ताहरुले सम्मानित रास्ट्रपति लगायत उच्च पदका ब्यक्तित्वलाई बोलाउदा सिधै इन्कार गर्नु दुखलाग्दो भएको भन्दै उनीहरुले दुखेसो पोखेका थिए।

परिस्थिति जस्तोसुकै भएपनि तामाङ समुदायको प्रमुख चाडको रूपमा लिइने सोनाम ल्होछार भब्यताका साथ मनाउन सफल भएको उनीहरुले बताएका छन।तामाङ समुदायले नयाँ वर्षका रुपमा समेत यस चाडलाई मनाउने गर्दछन। सोनाम ल्होछार २८५६ आज भव्यरुप टुडिखेलमा मनाइएको छ ।हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षको रुपमा तामाङ जातिले यस पर्वलाई लिने गर्दछन् ।

बाग्मती प्रदेश अर्थात प्रदेश नम्बर ३ मा बिशेषत: १३ जिल्लालाई  तामाङ समुदायको बाहुल्यता रहेको पाइन्छ ।ल्होछार पर्वले तामाङहरुको परम्परागत सस्कृती संरक्षणमा समेत टेवा मिलेको तामाङ समुदायको ठहर छ। यसैबीच देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरिरहेका तामाङ समुदायले काठमाडौको टुडिखेलमा सास्कृतिक महोत्सवको रुपमा ल्होछार पर्वलाई मनाएका छन।


सो अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायका युवा नेता एवं सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेको भनी गुनासो गरे।

महोत्सवमा तामाङ समुदायको संस्कृति, वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । महोत्सवमा उक्त समुदायको परिचय गराउने १०० भन्दाबढी खानापिनका कक्ष सञ्चालन गरिएको थियो । महोत्सवमा तामाङ समुदायका युवायुवतीको ठूलो सङ्ख्यामा सहभागिता देखिन्थ्यो ।

ताप्लेजुङबाट ल्याएको सुगुरको परिकार बिशेष भिडियो यहाँ तल लिन्कमा राखिएको छ:-

प्रतिक्रिया दिनुहोस्