एमसीसीबारे विवाद गर्नु आवश्यक छैन:प्रधानमन्त्री ओली



काठमाडौं ।बहुचर्चित विषय एमसीसी बारे अनावश्यक विवाद गर्नु उचित नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ।
   नेकपाको आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले  एमसीसीबारे कुनै विवाद गर्नुपर्ने अवस्था नरेहेको बताउनुभयो। मित्र राष्ट्रले सगौरव प्रदान गरेको  सहयोग स्वीकार्नु पर्ने बताएका छन् ।

एमसीसीसँग सम्झौता गरेर राष्ट्रलाई भलो हुने कर्म गर्दा सार्वभौमिकतामा कुनै असर नपर्ने भन्दै प्रधानमन्त्री ओलीले सर्वसाधारण तथा नेताहरुलाई समेत यस विषयमा स्पष्ट हुन आव्हान गरेका छन् ।

उनले एमसीसीसँगको सम्झौतामा ‘नेपाललाई होच्याउने कुरा नभएको’ स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्