एमसीसी बाइबल होइन,परिमार्जन हुन्छ-प्रचण्ड(भिडियो सहित)



काठमाडौ,फागुन-१०।नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन(एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ ।

आज नवलपुरमा  पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो ।एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले शुक्रबार प्रतिवेदन समेत पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गर्नुभयो ।

एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ”,उहाले भन्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले बताउनुभयो ।दाहालले आजै सचिवालय बैठकमा यस विषयमा छलफल हुने बताउनुभयो।

भिडियो तलको लिन्कमा हेर्न सक्नुहुनेछ :-

प्रतिक्रिया दिनुहोस्