आजदेखी लामो दुरीको सवारीसाधन संचालनमा रोक



काठमाडौ, चैत-१०।सरकारले आजदेखी देशैभर लामो दुरीको सवारीसाधन संचालनमा रोक लगाएको छ।विश्वव्यापी  महामारीका  रुपमा फैलिएको  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न  लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालन गर्न पाईने छैन  । लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्काे जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय उडान पनि आइतबारदेखि  नै बन्द गरिएकाे छ। तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुने सरकारले जनाएकाे छ।

गएको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सावधानीका लागि लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्