प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो
काठमाडौं,असार १० । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चितवनबाट काठमाडौँ फर्कनुभएको छ ।
पार्टीको महाविधेशनमा भाग लिन चितवन पुग्नु भएका शाह आज केन्द्रीय सदस्यहरुको निर्वाचनको तयारी चलिरहँदा काठमाडौँ फर्कनुभएको हो ।
यही असार ७ गते श्रीमती र छोरीसहित चितवन पुग्नुभएका प्रधानमन्त्री शाह बुद्ध एयरमार्फत आज काठमाडौँ आउनुभएको छ ।
चितवनमा पार्टीको महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्रीसहित उहाँका सचिवालयका केही सदस्यहरु पनि काठमाडौँ फर्किएका छ्न।

