मन्त्रिपरिषदद्वारा लकडाउन अवधि ८ दिन थपियो



काठमाडौ,चैत-१६।सरकारले लकडाउन अवधि  ८ दिन थप गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन थप्ने  निर्णय गरेको स्रोतले जनाएका छ।

यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको थियो।

जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले यहि चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउन गर्ने निर्णय गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

फाइल:तस्बिर

प्रतिक्रिया दिनुहोस्