कोरोना भाइरसका कारण एकैदिनमा २५ सय बढीको मृत्यु



काठमाडौ,चैत-१७।बितेको २४ घण्टा भित्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या  २५ सय भन्दा बढी नाघेको छ।श्रोतका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७३ जनाले ज्यान गुमाएका छन।

ज्यान गुमाउने मध्य सबैभन्दा धेरै इटलीका नागरिक छन् ।इटालीमा ७ सय ५६ जनाले ज्यान गुमाएका छन्।त्यस्तै  स्पेनमा ६ सय २४ जनाले, फ्रान्समा २ सय ९२, बेलायतमा २ सय ९, अमेरिकामा १ सय ४३ र नेदरल्याण्ड्समा १ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

यता  संक्रमितको तुलनामा अमेरिकामा सबैभन्दा ज्यादा  ९ हजार ६ सय ६२ जना संक्रमणमा परेका छन।यससगै संसारभर संक्रमितको संख्या ७ लाख ८ हजार २० पुगेको छ।

भाइरसका कारण मृत्यु हुनेको संख्या भने ३३ हजार ५ सय २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्