नेपालको छैटौं कोरोना संक्रमित ६५ वर्षीया महिला कोरोनालाई जितेर घर फर्किन



काठमाडौ,बैशाख-६ ।नेपालको छैटौं कोरोना संक्रमित ६५ वर्षीया महिला कोरोनालाई जितेर घर फर्किएकी छन।बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया  महिला कोरोना जितेर डिस्चार्ज भएकी हुन।सुरुमा उमेर ज्यादा भएको भन्दै उनी संक्रमित भएको थाहा पाउने बित्तिकै चिकित्सक देखि परिवारजन सबै चिन्तामा थिए । जब उनले कोरोनालाई जितिन सबै दङ्ग परेको उनले सुनाए । उनले १८ दिनमै कोरोनालाई जित्न सकेकोमा खुशी व्यक्त गरिन । कोरोनाले बिश्व नै त्राहिमान भैरहेको बेला बृद्धअबश्थामा समेत उच्च मनोबल राखेमा जुनसुकै रोगलाई जित्न सकिने उदाहरण उनले पेश गरेकी छन।

सुरुमा चैत १७ गते कोरोना संक्रमण पुष्टिसगै उनी होम क्वारेन्टाइनमा बसेकी थिइन।उनले कोरोना भन्दा आइसोलेसनमा एक्लै बस्दा दिक्क लागेको अनुभव घर जानू अघि सुनाइन् ।कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको उनको अनुभव छ।

गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो।
६५ वर्षीया महिलाको भने पहिलो र दोस्रो पोजिटिभ आए पनि तेस्रो र चौथो रिपोर्ट भने नेगेटिभ आएको थियो।

उनिसगै नेपालमा कोरोना संक्रमित निको भइ घर फर्केको ३ जना भएका छन।

प्रतिक्रिया दिनुहोस्