कपिलवस्तुमा थप एकजनामा कोरोना संक्रमण,संक्रमित संख्या २१९



काठमाडौ,बैशाख-३१ । कपिलबस्तुमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको  छ । यसअघि आजै बाँके नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार कपिलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको हो  । यससंँगै कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्