चलचित्र ‘पच्चीस पच्चीस’को शुभमुहूर्त सम्पन्न



काठमाडौं,मंसिर ९ । चलचित्र ‘पच्चीस पच्चीस’को शुभमुहूर्त सम्पन्न भएको छ। बुधबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा विधिवत् पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो।

मुहूर्त समारोहमा चलचित्रका कलाकार तथा निर्माण टोलीको उपस्थिति रहेको थियो। चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ।

दार्जिलिङका चर्चित हास्य कलाकार तथा सामग्री निर्माता अमित सुब्बा ‘भक्ते भाइ’ले यही चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा अभिनय यात्रा सुरु गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्