कोरोना नियन्त्रण र व्यवस्थापनमा काग्रेसको विज्ञहरु संग परामर्श,विज्ञहरु चिन्तित




काठमाण्डौ,जेठ-१ । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा सरकारको गलत व्यवस्थापन र उदासीनता को कारण मुलुक उच्च जोखिम तर्फ उन्मुख रहेको भन्दै नेपाली काङ्ग्रेसले यससंग सम्बन्धित विज्ञहरुसंग परामर्श थालेको छ।काङ्ग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित बिशेष समितिले निजि स्वास्थ सेवा क्षेत्र,विशेषज्ञ र स्वास्थ क्षेत्र संग सम्वन्धित संघ संस्थाहरु संग परामर्श थालेको हो।

नेपाली काग्रेसले कोरोना संक्रमणको कारण मुलुकमा पर्ने आर्थिक र राहत सम्वन्धि विषयमा आवश्यक अध्ययन गरि प्रतिवेदन तयार गर्न पुर्व अर्थ तथा परराष्ट्र मन्त्री डा.रामशरण महतको संयाजकत्वमा बिशेष समिति गठन गरेको थियो ।गठित समितिमा पुर्व अर्थ मन्त्रीहरु र पुर्व राष्ट्रीय योजना आयोगको उपाध्यक्षहरु राखिएको छ ।

सहजकर्ता रमेशकुमार महत र रामकुमार कार्किले संयोजन गरेका उक्त वैठक महाराजगंजस्थित चिरायु अस्पतालको सभा कक्षमा आयोजना गरिएको थियो । ऊक्त छलफलमा ग्राण्डि अस्पताल,नेपाल मेडिकल कलेज जोरपाटि,स्टार अस्पताल,वि.पि.स्मृति अस्पताल,चिरायु अस्पतालका प्रतिनिधि छलफलमा सहभागि थिए ।

छलफलमा विज्ञहरु डा.चक्रराज पाण्डे,डा.भुपेन्द्र वस्नेत,डा.बद्रि रिजाल,डा.धन वहादुर राना मगर,डा.मुक्ति श्रेष्ठ,प्रो.सलामुद्दिन मिया,प्रो.डा.आनन्द शर्मा, नेपाल मेडिकल कलेजका निर्देशक डा.राजेश किसोर श्रेष्ठ र चिरायु अस्पतालका निर्देशक चन्द्रेश्वर वैद्य,स्वास्थ कर्मि संघका अध्यक्ष रामराजा घिमिरे,प्रोफेसर डा.आनन्द शर्मा,मुना राना,मिना पुन आई.सि.यु. सुपरभाईजर, सलनुद्दिन मिया,सरला के.सि.नेपाल मेडिकल एसोसियसनका महासचिव डा.बद्री रिजाल,वि.पि.स्मृति अस्पतालका निर्देशक धन वहादुर राना लगायतले भाईरस सक्रमण र यसको नियन्त्रणमा महत्वपूर्ण सुझावहरु दिएका थिए ।

विज्ञसंग छलफलका क्रममा

विज्ञहरुका अनुसार लकडाऊन व्यवस्थित नभएको,लकडाउनको अवधिमा सरकारले गर्नु पर्ने आवश्यक कार्य सम्पन्न गर्न नसकेको,जसको कारण संक्रमणले भयावह अवस्था आऊन सक्ने सुझाएका थिए ।

निजी अस्पतालका प्रतिनिधिहरुले भने आफुहरु यस कठिन घडिमा सम्पुर्णरुपले मुलुक र जनताको लागि आवस्यक सहयोग र सेवा गर्न तयार रहेको तर सरकारले भने सहयोग लिने वातावरण वनाऊन नसकेको गुनासो गरेका थिए ।

छलफलमा उठेका विषयहरुलाई समितिका सदस्य डा.पोखरेलले सदस्यहरुलाई वैठकमा पुनः डाकी निर्णय लिने र सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने वताए ।

प्रतिक्रिया दिनुहोस्