जीप दुर्घटनामा एक जनाको मृत्यु ५ घाइते



पाल्पा,असोज ४ । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

आज दिउँसो करिब ३ः३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे१ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटना परी पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको लुम्बिनी मेडिकल कलेज तानसेनले जनाएको छ । 

दुर्घटनामा पारी गाडी चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, पूर्वखोला–१ कै ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु र उहाँकी ७ वर्षीया छोरी साहिरस सारु घाइते भएका छन् ।

यस्तै, पूर्वखोला गाउँपालिका–४ की ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् । घाइतेमध्ये अनसरा खाम्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिनुभयो  ।  

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्