कोरोना संक्रमित २ जना थपिए,संख्या २७८ पुग्यो



काठमाडौं, जेठ- ३ । नेपालमा कोरोना भाइरसका संक्रमित पुन दुईजना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुईजना संक्रमित थपिएको जानाएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ।

संक्रमितहरु महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । हालसम्म २२४ पुरुष र ५४ जना महिला संक्रमित भएका छन् ।

यसअघि आज विहान ९ जना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्