नुवाकोटको ककनी गाउँपालिकामा १४ जनामा आरडीटी पोजिटिभ



नुवाकोट,जेठ ८ । नुवाकोटको ककनी गाँउपालिकाको केही वडा क्षेत्रमा कोरोना आरडीटी परीक्षण गरिएको छ।गाउँपालिकाको  वडा नम्बर १ र २ मा आरटिडी परिक्षण गरिएको हो ।परीक्षणका क्रममा १४ जनामा आरटिडी पोजेटिभ देखिएको छ।

ककनी स्वास्थ्य शाखा प्रमुख जिवन भट्टराईका अनुसार काठमाडौ महानगरपालिकाको सहयोगमा वडा नम्बर १ को कागतीगाँउ र वडा नम्बर २ को सिसडोलमा ३ सय ३३ जनाको आरडिटी परिक्षण गरिएको थियो ।

१४ जना सहित प्रभावित क्षेत्रका १ सय ५२ जनाको स्वाव परिक्षणका लागी काठमाडौ पठाईएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।

कोरोना नियन्त्रणका लागी जेठ १२ गतेसम्म ककनी गाँउपालिका पुरै सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्