नेपालगन्जका पहिलो कोरोना संक्रमितसहित २१ जना आज डिस्चार्ज हुँदै



काठमाडौ,जेठ -९ । नेपालगन्जका  पहिलो कोरोना संक्रमितसहित २१ जना आज डिस्चार्ज हुने भएका छन। बाँकेकाे नेपालगञ्जका पहिलो कोरोना सङ्क्रमितसहित एकैपटक २१ जनालाई उपचारपछि आज डिस्चार्ज गरिने भएको भेरी अस्पताल श्रोतले जनाएको छ।

बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुष र नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएकाले घर जान लागेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जनाएका छन।

अहिले घर फर्कन लागेका २१ जना सहित २५ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो।यो अस्पताल  प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पताल हो ।

उपचाररत उनीहरुमध्ये पहिलो सङ्क्रमितको बाहेक सबैको दोस्रो पटकको रिपोर्ट नेगेटिभ आइसकेको अस्पतालले जनाएको छ।पहिलो संक्रमितको भने तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको सुपरिटेन्डेन्ट थापाले बताउनु भयो ।

कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने बताइएको छ ।

नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्