लकडाउन : पसल खुल्ने,निजि सवारी जोर बिजोर चल्ने



काठमाडौं,जेठ २९ । सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई  खुकुलो बनाउने निर्णय गरेको छ।  ।

प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सबैखाले व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ। उक्त निर्णय बिहीबारदेखि नै लागू हुनेछ। तर यसबारेकाे सबै खाका तयार भइसकेको छैन। कोरोना संक्रमितको अवस्था हेरेर फरक फरक मापदण्डका आधारमा व्यवसाय सञ्चालन हुनेछ। लकडाउनको स्वरुप फेरिए पनि अवधि अझै केही समय जारी रहने उनको भनाई छ। त्यस्तै बैठकले सवारी साधनलाई पनि जोर-बिजोर (आलोपालो)का आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो।
यस्तै, विदेशमा रहेका नेपाली उद्दारका लागि आन्तरिक वायुसेवा कम्पनीलाई प्राथमिकतामा राख्ने पनि निर्णय भएको छ।

लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । तर त्यसअनुसार पनि निर्णय नभएको ती मन्त्रीले भने । त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।

तस्बिर:फाइल

प्रतिक्रिया दिनुहोस्