नुवाकोटको शिवपुरी गाउँपालिकाका कृषकलाई निशुल्क घाँसको बेर्ना वितरण



नुवाकोट ,जेठ ३० । नुवाकोटको शिवपुरी गाउँपालिकाका कृषकलाई निशुल्क घाँसको बेर्ना वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सेवा क्षेत्रका नमूना कृषक तथा पशुपालकलाई उन्नत जातको घासको बेर्ना वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए।

शुक्रबार गाउँपालिकाको कार्यालय सेराबगरमा गाउँपालिकाका अध्यक्ष थापाले ६५ जना कृषकलाई उन्नत जातको घाँसको बिरुवा वितरण गरेका हुन ।

कृषकलाई ५ हजार संख्यामा पोलि ब्याग डाले घाँस वितरण गरिएको छ त्यस्तै भुइँ घाँस भने ६ हजार ६ सयको संख्यामा वितरण गरिएको गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक बिज्ञान पाण्डेले बताएका छन।

पशु स्वास्थ्य प्राविधिक पाण्डेका अनुसार घाँस श्रोत तथा विमा केन्द्र धादिङबाट ल्याइएको उन्नत जातको घाँस कृषि र पशुपालन तर्फ उत्साहित स्थानीय कृषकलाई वितरण गरिएको हो। उन्नत जातको घाँसमाबडहर,निमारु,खनिऊ,किम्बु,टाँकी,मोरिङा,मेण्डुला,मुलाटो लगायतका बिरुवा वितरण गरिएको बताइएको छ।

उन्नत घाँसको वेर्ना वितरणको भिडियो हेर्नुस्

भिडियो तथा तस्बिर श्रोत राम थापा (नेपाल शिक्षक संघ नुवाकोट )

प्रतिक्रिया दिनुहोस्