नुवाकोट बेलकोटगढीमा आज शोक बिदा
नुवाकोट, भदौ ९ । बेलकोटगढी नगरपालिकाले मालिका माध्यमिक विद्यालयका स्थायी शिक्षक अर्जुनकुमार रिमालको निधनप्रति दुःख व्यक्त गर्दै आज नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संघ–संस्थामा शोक बिदा दिएको छ।
बेलकोटगढी नगरपालिका–६ स्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक रिमालको उपचारका क्रममा यही भदौ ७ गते असामयिक निधन भएको नगरपालिकाले जनाएको छ। उहाँको निधनले नगरपालिकाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले दिवङ्गत शिक्षक रिमालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
नगरपालिकाले २०८३ भदौ ८ गते गरेको निर्णयअनुसार भदौ ९ गते मंगलबार नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संघ–संस्थामा शोक बिदा दिइएको हो।
नगरपालिकाका शिक्षा अधिकृत प्रेमकुमार पुरीद्वारा जारी सूचनामा शिक्षक रिमालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

