नेकपा शिवपुरीले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र



गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई ज्ञापनपत्र बुझाउदै नेकपा शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङ

नुवाकोट,असार ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) शिवपुरीले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङको अगुवाइमा रहेको एक नेतृत्व टोलीले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउदै नेकपा शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङले गाउँपालिका मातहतका योजना तर्जुमा कार्यनयन सम्बन्धमा नेकपाको सुझावलाई मतभेद नगर्न सुझाएका छन।

त्यस्तै नेकपाका जिल्ला सदस्य जितेन्द्र बिष्टले संघ र प्रदेशबाट गाउँपालिकालाई विनियोजित रकमको पारदर्शितापुर्ण हिसाब (आयव्यय) प्रस्तुत गर्न गाउँपालिकालाई अनुरोध गर्नुभयो ।

नेकपा नुवाकोटका जिल्ला सदस्य जितेन्द्र बिष्ट सहित स्थानीय कार्यकर्ता

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले विगतमा नेकपाको माग र सल्लाहलाई पुर्णरुपमा सम्बोधन गरेको बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले प्रदेश तथा केन्द्र बाट आएका केहि योजना बाहेक सबै योजना कार्य सम्पादन भएको बताउनुभयो । सेवा क्षेत्र मातहतका कुनैपनी कार्यक्रम तथा योजना सर्वपक्षीय सहमति विना अगाडि बढ्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य तथा शिवपुरी गाउँपालिकाका इन्चार्ज उजवल खडका,पार्टी सचीव दिनेश अधिकारि ,जिल्ला सदस्य श्याम लामा,मंगलमाया प्रजापति,मिनबहादुर तामाङ लगायत को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्