नुवाकोटमा जंगलमा लागेको आगोले घर ध्वस्त



नुवाकोट,बैशाख १४ । जंगलमा लागेको आगोले नुवाकोटमा घर जलेर ध्वस्त भएको छ ।

जिल्लाको सूर्यगढी गाउँपालिका स्थित जंगलमा लागेको डढेलोले घर ध्वस्त भएको हो । जंगलबाट सल्केको आगोले सूर्यगढी गाउँपालिका–३, चतुरमालाका स्थानीय तेजबहादुर तामाङको घर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट तामाङको घरमा भएको अन्न, भाँडाकुँडा, ग्याँस, लत्ताकपडालगायतको लाखौं रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्