प्युठानमा रिपोर्ट नआउँदै संक्रमित घर पुगे पछि…



सलिम अन्सारी,असार ८ । प्युठानमा थप २३ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाव परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए । त्यस मध्ये दुई जना स्वास्थ्यकर्मी हुन। उनिहरु २ देखि ५५ बर्ष उमेर समुहका छन।

प्युठानमा सोमबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । लकडाउनको समयमा भारतबाट घर आइपुगेका २१ जनालाई प्युठान नगरपालिका– ३ स्थित सरस्वती प्राबी सेपुङको क्वारेन्टाइनमा राखिएको थियो ।

आईतबार उनीहरुलाई रिपोर्ट आउन ढिला भएको भन्दै घर पठाईएको थियो । ‘स्वाब लिएर परीक्षणका लागि पठाएका २१ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाएका हौँ’ प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले भने, ‘लक्षण पनि नदेखिएको र क्वारेन्टाइनमा बसेको २७ दिनभन्दा बढी भएकाले घर पठाएका हौं ।’ उनीहरु आइतबार घर गएका थिए । तर भोलिपल्ट सोमबार उनिहरुलाई कोरोना संक्रमण भएको रिपोर्ट आयो । हिजो आईतबारको रिपोर्टमा समेत सोही क्वारेन्टाईनमा बसेका ३ जनाका कोरोना पोजिटिभ देखिएको थियो। यसबाहेक परिवारका सदस्य र उनिहरुले भेटघाट गरेका व्यक्तिहरुको खोजी गरिने प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिएका छन् ।घर पठाइएकाको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले हतार हतार संक्रमितहरूलाई घरबाटै उठाएर फेरी क्वारेन्टिन ल्याएको छ ।

रिपोर्ट नआउँदै क्वारेन्टाईनबाट घर पठाउदा गाँउघरमा थप संक्रमण फैलन सक्ने भन्दै सरोकारवाला थप गंभिर हुन स्थानियले आग्रह गरेका छन ।

प्युठान नगरपालिका ७ दिनसम्मका लागि शिल

यसैविच,प्युठान नगरपालिकालाई ७ दिनसम्मका लागि शिल गरिएको छ ।

नगरपालिकामा सोमबार एउटै गाउंका २१ जना सहित २३ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका शिल गरिने भएको हो।सोमबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ७ दिनसम्मका लागि नगरलाई नै शिल गर्ने निर्णय गरेको नगरप्रमुख कक्षपतीले जानकारी दिए।उनले अत्यावश्यकीय सेवा बाहेक अन्यको हकमा प्युठान प्रवेश गर्ने र बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए ।

जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै नगरपालिकामा पनि सङ्क्रमित थपिन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख कक्षपतीले बताए । यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्