पाल्पामा पहिरो:पाँच वटा सवारीसाधन बग्यो,दुईको शव फेला



बुटवल,असार ८ ।  पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ५ वटा सवारी साधन बगाएको छ । पहिरोमा परेका २ जनाको शव निकालिएको  छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बुलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार पहिरोले बगाएको हो ।ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन ।

अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो छ ।

अहिले पहिरो हटाउने काम भइरहेको छ । निरन्तर परिरहेको पानीका कारणले पहाडि क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्