धनगढीको बेनी जंगलमा दुई युवती मृत फेला



कैलाली,असार २० । कैलालीस्थित धनगढीको जंगलमा दुई युवती मृत फेला परेका छन् । कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली जंगलमा दुई युवती मृत भेटिएका हुन ।

मृत भेटिएका युवतीमा धनगढी उप-महानगरपालिका वडा नम्बर ७ कै १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

युवती मृत भेटिएको स्थानमा सेल्फास नामक विषादी फेला परेकाले विष सेव गरी आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

उनीहरु दुवै युवतीहरु सँगै बस्दै आएको खुलेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्