छहरेमा टिपर चालकको जाम खुल्यो, प्रशासनसँग छलफल हुने



नुवाकोट,बैशाख १९ । दिउँसो सवारी सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै टिपर चालकहरूले शनिबार छहरे चेकपोस्ट क्षेत्रमा गरेको जाम खुलेको छ।

दिउँसोको समयमा पनि निर्वाध रूपमा टिपर सञ्चालन गर्नुपर्ने मागसहित चालकहरूले केही समय आवतजावत अवरुद्ध गरेका थिए।जामका कारण सो क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको थियो।

पछिल्लो समय छहरे–टोखा सडकखण्डमा अत्यधिक भार बोकेका टिपर गुड्न थालेपछि सडक सुरक्षाबारे प्रश्न उठ्दै आएको छ। सोही कारण प्रशासनले दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाउने तयारी गरेको थियो।

यस विषयमा समाधान खोज्न सोमबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा टिपर व्यवसायी र प्रशासनबीच छलफल हुने सहमति भएपछि जाम खोलिएको बताइएको छ। जाम खुलेपछि निजि सार्वजनिक यातायात आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्