काठमाडौं उपत्यकामा बुधबार १०२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,साउन २२ । काठमाडौं उपत्यकामा बुधबार साँझसम्म १०२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या काठमाडौं उपत्यकाको अहिलेसम्मकै उच्च  संख्या हो।

संक्रमितको संख्या ह्वात्तै वृद्धि भएसंगै अस्पतालमा शैय्या अभाव भएको छ। मंगलबार संक्रमण पुष्टि भएकालाई घरमै राख्नुपरेको थियो । त्यस्तै मंगलबार पुष्टि भएका कतिपयलाई बुधबार बिहान मात्रै कीर्तिपुरको आयुर्वेद अस्पताल र केएमसी अस्पताल दुवाकोटको आइसोलेसनमा राखिएको थियो ।

बुधबार उपत्यकामा थप  १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका धेरैजसो उपत्यका बाहिरबाट आएकाहरू भएको मन्त्रालयले जनाएको छ ।

बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये १६ जना सम्पर्क विहिन रहेको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका एक अधिकारीले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अस्पतालमा आवस्यक बेड उपलब्ध नभएको,संक्रमित ब्यवस्थापनमा एम्बुलेन्स अभाव जस्ता चुनौती रहेकाले आगामी दिनमा संक्रमित उपचारका लागि थप समस्या आउन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्