प्रदेश दुईमा मन्त्री र सांसद कोरोना संक्रमित 



जनकपुर,साउन २२ । कोरोना महामारीको संक्रमण बढीरहेको प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री यादवले बुधबार बेलुका आएको रिपोर्टमा आफू संक्रमित भएको पुष्टी गरेका छन् । गएको साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराएको उनको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भयो भन्दैमा नडराउन पर्ने आवश्यकता नरहेको मन्त्री यादवले बताए । उनले आफूसगँ सम्पर्क गरेका सबैलाई परीक्षण गराउन अपील गरेका छन् ।

त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्