पूर्वप्रधानमन्त्री प्रचण्डको सुरक्षाकर्मी खटिएका ६ जनामा कोरोना संक्रमण



काठमाडौं,साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परिक्षणका क्रममा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनाएका छन् । प्रचण्डका परिवार, सचिवालय र सुरक्षाकर्मीको बुधबार कोरोना परिक्षण गरिएको थियो । जसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको सापकोटाले बताए । उनीहरु बाहिरी सुरक्षा घेरामा खटिने रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्