संघीय संसदका प्रवक्ता पाण्डेलाई पनि कोरोना



काठमाडौं साउन २२ ।
संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाब संकलन गरिएमा संक्रमण पोजेटिभ देखिएको हो।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो । पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्