कोरोना अपडेट: बितेको २४ घण्टामा ३६० संक्रमित थपिए



काठमाडौं,साउन २२ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । बितेको २४ घन्टामा ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्