काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण



काठमाडौं,साउन २२ । पछिल्लो दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा पर्ने जिल्ला अन्तर्गत काठमाडौंमा ७६ जना, भक्तपुरमा १ जना र १० ललितपुरमा जनामा कोरोना संक्रमण देखिएको हो ।

गौतमले विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्