नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो



नुवाकोट,साउन २२ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। बिहिवार थप १ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४६ पुगेको हो । राजधानीको वीर अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा बिहिवार थप एकजनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार संक्रमित ब्यक्ति लिखु गाउँपालिका स्थायी घर भएका ३० वर्षीय पुरुष रहेका छन् ।

जिल्लाको लिखु गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । नुवाकोटमा संक्रमितमध्ये हालसम्म ३६ जना संक्रमित उपचार पश्चात् निको भइ घर फर्किएका छन् भने बाकी सक्रिय संक्रमित उपचाररत छन् ।

हाल जिल्ला अस्पताल त्रिशुलीमा ५ जना र काठमाडौँस्थित अस्पतालको आइसोलेशन वार्डमा ५ जना सक्रिय संक्रमित उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्