सांसद खतिवडाद्वारा नुवाकोटमा पीसीआर मेसिन किन आर्थिक सहयोगको प्रतिबद्धता



नुवाकोट,साउन २२ । नुवाकोटमा पिसिआर मेसिन खरिदका लागि सांसद नारायण प्रसाद खतिवडाद्वारा आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सासंद खतिवडाले त्रिशुली अस्पतालको लागी पिसिआर ल्याब परिक्षण मेसिन खरिदका लागि आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन।सांसद खतिवडाले पिसिआर ल्याब परिक्षण मेसिन खरिदका लागि ७६ लाख रुपैयाँ रकमको प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र नुवाकोटले बिहिवार बसेको बैठकको निर्णयअनुसार जिल्लास्थित त्रिशुली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा संचालनका लागि स्थानीय पूर्वाधार साझेदारी कार्याक्रम अन्तर्गत खतिवडाले कोरोना परीक्षणको लागि पिसिआर मेसिन खरिद गर्न उक्त रकमको बजेट छुटाउने प्रतिवद्धता व्यक्त गरेका हुन ।

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका अलावा परीक्षणका क्रममा ढिलासुस्ती नहोस् भन्ने हेतुले पिसिआर ल्याब मेसिन खरिद गर्नलाई बजेट दिने निर्णय गरेको सांसद खतिवडाले बताए । पछिल्लो समय देशमा संक्रमणले तीव्रता लिएपछि पिसिआर ल्याब नुवाकोटमा नहुदाँ स्वाव परीक्षणको लागी काठमाण्डौ पठाउदा हप्तादिन कुर्नुपर्ने बाध्यता अन्त्यको लागी पनि पिसिआर ल्याब मेसिन खरिद गर्ने निर्यणमा पुगेको उनले बताए ।

त्यस्तै, विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेसिन खरिद गर्नको लागी विदुर नगरपालिकाले टेन्डर प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्