वाग्मती प्रदेश : हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए



काठमाडौं,साउन २३ । पछिल्लो दिन यता वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बिहिबार प्रदेशमा हालसम्मकै धेरै संक्रमित थपिएको जानकारी गराइएको हो ।

सम्मेलनमा बितेको २४ घण्टामा यस क्षेत्र अन्तर्गतका ९ जिल्लामा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार मात्र प्रदेश क्षेत्रमा ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहिवार थप हुनेहरुमा काठमाण्डौका ७६ जना,ललितपुरका १० जना, काभ्रेका ३,मकवानपुरका २ जना,मकवानपुरका २ जना,भक्तपुर,नुवाकोट,चितवन,रामेछाप र दोलखाका १/१ जना  गरि ९६ जना रहेका छन् ।

यो संगै वाग्मती प्रदेशमा संक्रमितको संख्या १४ सय ३३ पुगेको छ । यसैगरि प्रदेशमा हालसम्म कोरोनाको कारण १० जना संक्रमितको ज्यान गईसकेको छ भने ५ सय ९१ संक्रमित कोरोना मुक्त भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्