वाग्मती प्रदेश : पूर्वमन्त्री एवं कांग्रेस नेता बस्‍नेतलाई पितृशोक



सिन्धुपाल्चोक साउन २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव शुक्रबार नै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने कांग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्