नुवाकोटमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि



नुवाकोट,साउन २३ । नुवाकोटमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको दिनमा संक्रमित बिरामीको ‘कन्ट्रयाकट्रेसिङ्ग’का आधारमा सात जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जनाएका छन् ।

नयाँ संक्रमितहरुमा विदुर नगरपालिकाका ६ जना र पञ्चकन्या गाउँपालिकाका १ जना रहेका छन् ।उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । यससँगै नुवाकोटमा संक्रमितको कुल संख्या  ५३ जना पुगेको छ। जसअन्तर्गत सक्रिय संक्रमित १० जना उपचार गरिरहेका छन् ।

पाँच जना नुवाकोटमा र ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । थप फेला परेका संक्रमित सबैको नुवाकोटकै अस्पतालमा राखेर उपचार गरिने बताइएको छ ।

शुक्रबार  एकै पटक समुदायस्तरका सात जनामा संक्रमण फेला परेपछि नुवाकोट थप असुरक्षित र जोखिमपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्