गुल्मीमा पहिरो,एकको मृत्यु



गुल्मी,साउन २३ । गुल्मीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षिय बेगबहादुर क्षेत्री रहेको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ । पुर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झीसीङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । स्थानीले खोज्ने क्रममा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्ट मार्टमको लागि इलाका प्रहरी कार्यालय रिडीमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्