भाइरल गीत ‘ओइ गनगन’को म्युजिक भिडियो सार्वजनिक



काठमाडौं,साउन २३ । पछिल्लो समय चर्चामा रहेको ‘ओइ गनगन’ गीतको भिडियो  सार्वजनिक भएको छ। बिशेषत: टिकटकमा भाइरल बन्न सफल ‘ओइ गनगन’ गीत शुक्रबार मिलन फिल्म प्रालिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक संगम थापाको गीतमा गायक थापालाई गायिका प्रतिमा अर्यालले साथ दिएकी छ्न। पछिल्लो समय चर्चा बटुल्न सफल लोकदोहोरी क्षेत्रका गायक सानु केसीको शब्द सिर्जना र मदन शुभेच्छुकको लय रहेको ‘गनगन’ गीतमा अनु पराजुली,सुदर्शन खतिवडा त्यस्तै करुणा पाण्डे र उपेन्द्र थापाको जोडीले अभिनय गरेका छन् । अभिनय गर्ने कलाकारहरु पछिल्लो समय दर्शक श्रोताले रुचाइएका कलाकारका रुपमा लिइन्छ ।

मिलन फिल्मस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतलाई धिताल्स फिल्मका चर्चित सम्पादक रोशन धितालले सम्पादन गरेका छन् ।

गीत सार्वजनिकसंगै मिलन फिल्मसका संचालक तथा चर्चित निर्देशक मिलन श्रेष्ठले गीत एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । साझापथसंग कुरा गर्दै संचालक श्रेष्ठले भने-‘गीत राम्रो बन्नुमा सबै कलाकारले उत्तिकै मिहेनत गर्नुभएको छ।’

कर्णप्रिय शब्द सिर्जनाले ओतप्रोत भएको यस गीतको स्टुडियो भर्सन नै झण्डै ८ लाख दर्शक श्रोताले युट्युबमा हेरिसकेका छन्।

गीतको भिडियो सार्वजनिक भएपछि दर्शक श्रोताले उत्कृष्ट गीत,उत्कृष्ट अभिनय जस्ता प्रतिक्रिया दिइरहेको बताइएको छ।

हेर्नुस् भाइरल गीत ‘ओइ गनगन’को भिडियो:

ओइ गनगनका गायक संगम थापासंगको अन्तर्वार्ता यहाँ हेर्नुस्:

ओइ गनगनका गायिका प्रतिमा अर्यालसंगको अन्तर्वार्ता यहाँ हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्