कोरोना अपडेट: बितेको २४ घण्टामा ४६४ संक्रमित थपिए



काठमाडौं,साउन २३ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दिन यता संक्रमणदर वृद्धिसंगै कोरोना भाइरस संक्रमितको संख्या २२ हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६४ जनासहित देशभर संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १५ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ७० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्